INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–१ हथियौलका २५ वर्षीय चन्द्रकिशोर भन्ने चन्दन गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा भदौ ४ गते पीडित पक्षले उजुरी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले भदौ २ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडित बालिकाका बुबाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ५ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भयो ।

घटनापछि आरोपित गिरी फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

अन्य

भिडियो