INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँमा दर्ता भएका मुद्दा मध्ये सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा धेरै

तनहुँ जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका २ हजार ९ सय २४ मुद्दा मध्ये ९ सय २७ ओटा मुद्दा सम्बन्धविच्छेदका रहेका छन्, जुन उक्त आर्थिक वर्षमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा धेरै रहेको जिल्ला अदालतले जनाएको छ ।

दर्ता भएका ९ सय २७ सम्बन्धविच्छेदका मुद्दा मध्ये ७ सय ५९ ओटा मुद्दा फर्छौट भएका छन् भने १ सय ६८ बाँकी रहेको अदालतका श्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिनु भयो । त्यस्तै अंशबण्डाका ५ सय ९, बलात्कार सम्बन्धी ७२, बलात्कार प्रयासका ६, बालयौन दुरुपयोगका ४, हाडनाता सम्बन्धको ८, गर्भपतनका ३, जातिय विभेदका २ र बालविवाहको १ थान मुद्दा दर्ता भएको श्रेस्तेदार पौडेलले जानकारी दिनु भयो ।

त्यस्तै विवाह सम्बन्धी ३०, बहुविवाहका २३, हत्याका ३४, ज्यान मार्ने प्रयासका २३, आत्महत्या दुरुत्साहनका ८ मुद्दा दर्ता भएका छन् । अदालतमा गत वर्ष दर्ता भएका २ हजार ९ सय २४ मुद्दा मध्ये १ हजार ८ सय २३ फर्छाैट भई १ हजार १ सय १ बाँकी रहेको पौडेलले जानकारी दिनु भयो ।

विवाह पछि पति वैदेशिक रोगजारीमा जानु, सानै उमेरमा प्रेम विवाह गर्ने र परिपक्क भएपछि आपसी समझदारी नहुनु, अन्तरजातिय विवाह पछि परिवारमा बेमेल हुनु तथा अपेक्षा अनुसारको माग पुरा नहुनुको कारण सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता भएको श्रेस्तेदार पौडेलले बताउनु भयो ।

अन्य

भिडियो