१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका-३ का ५० वर्षीय गङ्गा राईलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उजुरी लगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि फिदिम बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर दिवश कुँवरले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १ गते गरिएको छ ।