INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका–३ की ३६ वर्षीया पदमी बुढालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले भदौ १ गते कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।

पीडितको पति सोही ठाउँका ४५ वर्षीय डिलबहादुर बुढा र ४० वर्षीय देवर सुरेन्द्र बुढाले पटक पटक कुटपिट गरी घरेलु हिंसा गरेका कारण पतिबाट सम्बन्धविच्छेद गर्नका लागि पीडितले जिल्ला अदालत सुर्खेतमा साउन ११ गते सम्बन्ध विच्छेदको फिराद दर्ता गर्नुभएको थियो । सोही मुद्दाको अहिले विचाराधिन अवस्थामा छ । तारिख लिन आउँदा जाँदा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको अपिल गर्दै इन्सेकमा निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा इन्सेकले नगद १५००  रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।

पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँको भनाइ छ ।

यसै गरी इन्सेककै पहलमा पीडित बुढालाई ओसिएमसिमा रेफर समेत गरिएको थियो । मानव अधिकार सहायता कक्षको साउन ३२ गते बसेको बैठकले कालिकोटका दुई, जुम्लाका एक र सुर्खैतका एक जनालाई न्यायिक प्रक्रियामा जानका लागि आर्थिक सहयोग गर्ने निर्णय गरिएको थियो ।

Photo20230819 Surkhet

अन्य

भिडियो