INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा भिमसेन थापा गाउँपालिका–१ मसेलका ३५ वर्षीय राजेश सुवेदीलाई प्रहरीले साउन ३० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई २०८० साउन २६ गते बलात्कार गरेको भन्दै आफन्तले साउन २९ गते दिएको जाहेरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।

आरोपित विरूद्ध साउन ३१ गते बलात्कार कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २९ गते गोरखा अस्पतालमा गरिएको थियो ।

 

अन्य

भिडियो