INSEC Online

📅 २०८३ श्रावण २

बलात्कार गरेको कसुरमा तीन महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जोशीपुर गाउँपालिका—५ मैनपोखरीका १७ वर्षीय बालकलाई साउन २४ गते तीन महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसुर ठहर गरी तीन महिना कैद सजाय, १० हजार रुपियाँ जरिवाना र २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्र्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत नवराज पाण्डेले बताउनु भयो ।

पीडित बालिकालाई २०७९ असार १५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित परिवारले असार १५ गते ईलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनु भएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७९ साउन ११ गते दिएको आदेशमा आरोपितलाई बालसुधार गृह डोटी पठाइएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण २०७९ असार १५ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।

अन्य

भिडियो