लोहरपट्टी नगरपालिका—१ बगडा टोल की २३ वर्षीया पूजा महरालाई ३६ वर्षीय पति मणि राम र ६० वर्षीय सासू सुवधि देवी महराले कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले न्यायकाे पहलका लागि इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाममा साउन २५ गते निवेदन दिएकी छिन् ।
आरोपित पतिलाई विवाह दर्ता र १४ मिहनाको छोरा रिथान्स महराको जन्म दर्ता बनाई दिन आग्रह गर्दा पनि नबनाई दिएको र कुटपिट गरी घर निकाला गरेकोले न्यायका लागि पहल गरिदिन इन्सेक मधेश प्रदेश कार्यालयमा निवेदन दिएकी हुन् । आरोपित सासू सुविधा देवी वडा सदस्य (जनप्रतिनिधि) हुन् ।
पीडित पूजालाई विवाह भएदेखि नै दाइजो नल्याएको कारण कुटपिट गर्दै आएकोमा पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरी अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकोमा २०७९ चैत १९ गते भएको छलफलमा एक हप्ता भित्र विवाह दार्ता र छोराको जन्म दर्ता बनाई दिने भनेर पति र सासूले घरमा लगेकोमा पुनः कुटपिट गरी मानसिक यातना दिई चैत ३० गते घर निकाला गरेको पीडितले बताइन् । पीडित पूजा हाल जनकपुरधाम उपमहानगरपालिका—१ माइतमा बस्दै आएकी छिन् ।