INSEC Online

📅 २०८३ जेष्ठ २१

सुशासन अभियन्ता गिरफ्तारी घटनामा इन्सेकको चासो

विराटनगर महानगरपालिका-५ जामुनगाछीकी ५३ वर्षीया सुशासन अभियन्ता इन्दिरा चापाँगाईँ गिरफ्तारी घटनामा इन्सेकले चासो व्यक्त गरेको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरका प्रदेश संयोजक सोमराज थापा नेतृत्वको मानव अधिकारकर्मीको टोलीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनु भएकी चापाँगाईलाई साउन २३ गते भेटी घटनाका विषयमा जानकारी लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङ्गको हिरासतमा रहनु भएकी सुशासन अभियन्ता इन्दिरा चापाँगाइलाई भेटी उहाँको मागका विषयमा जानकारी लिँदै इन्सेक कोशी प्रदेश प्रमुखसहित अधिकारकर्मी
जिल्ला प्रहरी कार्यालय, मोरङ्गको हिरासतमा रहनु भएकी सुशासन अभियन्ता इन्दिरा चापाँगाइलाई भेटी उहाँको मागका विषयमा जानकारी लिँदै इन्सेक कोशी प्रदेश प्रमुखसहित अधिकारकर्मी

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अभियन्ताविरूद्ध ०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा अभद्र शीर्षकमा निवेदन दिएपछि चापाँगाईलाई सोही दिन प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ ।

अनुसन्धानका लागि गिरफ्तार भइ प्रहरी हिरासतमा रहनु भएकी अभियन्ता चापाँगाईलाई भेटी उहाँको माग र घटनाका विषयमा जानकारी लिएको इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी दीपक पोखरेलसँग भेटी घटनाका विषयमा जानकारी लिएको संयोजक थापाले बताउनु भयो ।

अधिकारकर्मीसँगको भेटमा एसपी पोखरेलले अभियन्ताका विषयमा महानगरपालिकाबाट निवेदन आएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको बताउनु भयो । एसपी पोखरेलले अभियन्ताले उठाएको विषयमा अधिकारकर्मीले चासो दिएकाले समस्या समाधानका लागि सहयोग गर्ने बताउनु भयो ।

घटनाका विषयमा अधिकारकर्मीको टोलीले साउन २३ गते विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग भेट गरी घटनाका विषयमा जानकारी लिनुका साथै चासो व्यक्त गरेको छ ।

अधिकारकर्मीसँगको भेटमा मेयर कोइरालाले विरोध गर्न पाउनु अधिकार भएपनि मेयर लक्षित गाली र तुच्छ वचनका कारण प्रशासनमा उजुरी दिएको बताउनु भएको छ ।

विराटनगर महानगरपालिका कार्यालयले चापागाईंवरिुद्ध ०८० साउन १५ गते अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि चापाँगाईलाई गिरफ्तार गरी हिरासतमा राखेको इन्स्पेक्टर पप्पु नायकले बताउनु भयो ।

प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरेकोमा साउन २१ गते म्याद सकिएछि पुन साउन २२ गते आठ दिन म्याद थप गरी घटनाका विषयमा अनुसन्धान गरिरहेको छ ।

सुशासन अभयिान्ता चापाँगाईले जिल्ला प्रशासन कार्यालय मोरड्गमा गोग्राह कलेज विराटनगर र सोही कलेजको सञ्चालक समितिविरुद् ०८० जेठ १८ गते निवेदन दर्ता गराएर आन्दोलन गर्दै आउनु भएको थियो ।

विराटनगर महानगरपालिका अगाडि गएको जेठ महिनायता मेयरविरुद् विरोध गर्दै आउनु भएको अवस्थामा चापाँगाईलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पूर्वाञ्चल विश्वविध्यालय एन र  २०५७ सालको सक्कली लिखित कागजात जुटाई प्रमाणति गर्न र गोग्राह सामुदायिक कलेजले सोही नामको निजी कलेज सञ्चालन गरेकोमा महानगरपालिकाले निजी कलेजलाई ५ लाख रुपियाँ आर्थिक सहयोग गरेकोमा सुशासन अभियन्ता चापाँगाईको विरोध छ ।

विराटनगर महानगरपालिका-४ स्थित गोग्राहा स्कुलमा सञ्चालित कलेज निजी क्षेत्रबाट सञ्चालनमा रहेको र सो कलेजलाई विराटनगर महानगरपालिकाले ५ लाख रुपियाँ आर्थिक सहयोग आरोप लगाउँदै चापागाई उक्त रकम महानगरपालिकालाई फिर्ता हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिनु भएको छ ।

Photo 2023806 Morang (2)

अन्य

भिडियो