सूर्योदय नगरपालिका–२ सयपत्री टोलकी ४५ वर्षीया डम्वरकुमारी तामाङको हत्या गरेको आरोपमा प्रहरीले ५० पति पूर्णबहादुर तामाङलाई साउन २४ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा ५० वर्षीय पति पूर्णबहादुर तामाङले ०८० साउन २२ गते राती खुकुरी प्रहार गरी ४५ वर्षीया पत्नी डम्वरकुमारीको हत्या गरेका थिए ।
घटना लगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि सूर्योदय नगरपालिका–२ लालीखर्क जङ्गलमा लुकि बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जवेगुले बताउनु भयो ।
पाँचथरको फिदिम हिलिहाङ्ग गाउँपालिका–७ तम्फुवा स्थायी घर भई सूर्योदय नगरपालिका-२ सयपत्री टोलमा डेरा गरी बस्दै आएका पूर्णबहादुरलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, पशुपतिनगरका इन्स्पेक्टर सन्तोष राईले बताउनु भयाे ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन २३ गते गरिएको छ ।
सोही दिन पीडित पक्षले शव बुझी हिलिहाङ्ग गाउँपालिका–७ तम्फुवामा सद्गत गरेको छ ।