१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख दुल्लु नगरपालिका –६ का २३ वर्षीय सुरेश रावललाई साउन २३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८० साउन १८ गते बलात्कार गरेको भन्दै पीडितले साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडितलाई आरोपितले घुम्न जाने प्रलोभन देखाएर होटेलमा लगेर बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले बताउनु भयो ।
आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी डाँगीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते भेरी अस्पतालमा गरिएको छ ।