जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरा निवासी मानव अधिकार एलाइन्स (राष्ट्रिय मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल) की ३२ वर्षीया रिना भनिने शान्ता कुमारी बजगाँईलाई साउन २१ गते जीतपुरसिमरा उपमहानगरपालिका–६ की ३२ वर्षीया संजिता खत्रीले कुटपिट, गाली गलैज तथा दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०८० साउन २२ गते उजुरी दिएकी छिन् ।
मानव अधिकार क्षेत्रमा कार्य गर्दै आउनु भएको पीडित बजगाइँलाई आरोपित खत्रीले व्यक्तिगत रिसिभिका कारण पीडितको घरमै आएर कुटपिट, गाली गलौज तथा दुर्व्यवहार गरेको पीडितको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी होविन्द्र बोगटीले यस घटनाका सम्बन्धमा पीडितले उजुरी दिएको बताउनु भयो । उहाँले भन्नु भयो “इलाका प्रहरी कार्यालय, सिमरामा दुबै पक्षलाई बोलाएर छलफल गराएर मिलापत्र गराउन भनेका छौँ ।” मिलापत्र नभए कुटपिट घटनामा मुद्दा चलाउने एसपी होविन्द्र बोगटीले बताउनु भयो ।