INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या गरेको आरोपमा आरोपित गिरफ्तार

शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरमा की ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेका आरोपमा प्रहरीले २३ वर्षीय छोरा नबिन भण्डारीलाई साउन २३ गते घरबाट गिरफ्तार गरेको छ ।

आरोपित छोराले साउन २३ गते विहान ४ बजेको समयमा आमाबुवा सुत्ने कोठामा गएर पैंयाको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

घरमा आमाबुवासँग आरोपित छोरा बस्दै आएका थिए ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सन्तोष खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो