INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयको पर्खाल भत्किएर घाइते भएकी बालिकाको मृत्यु

बढैयाताल गाउँपालिका–७ स्थित रिभर क्वीन्स बोर्डिड स्कुलको पर्खाल भत्किएर घाइते भएकी बालिकाको उपचारको क्रममा साउन १९ गते मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–७ घर भएकी कक्षा ३ मा अध्ययनरत नौ वर्षीया मेरिना थारु  साउन साउन १६ गते शौलायलको पर्खाल भत्किएर पेट र मुखमा  चोट  लागेको  थियो । घाइतेको नेपालगञ्ज  मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतककी कान्छी आमा लक्ष्मी दहितका अनुसार घाइतेको  साउन १९ गते पेटको शल्यक्रिया गरिएको थियो । शौचालयको पर्खाल कमजोर भएको कारण भत्किएको लक्ष्मी दहितले बताउनु भयो ।

बढैयाताल गाउँपालिका–७  का वडा अध्यक्ष राधेश्याम थारुले विद्यलायमा  घटेको घट्ना दुःखद भएको बताउदै  विद्यालयले मृतक परिवारलाई ८ लाख रूपियाँ दिने र  २ लाख  रूपियाँ मेरिनाको नाममा अक्षयकोष स्थापना गर्ने सहमति भएको बताउनु भयो ।

विद्यालय सञ्चालक सुजाता राईले विद्यालयमा भएको दुर्घटनाले विद्यालय परिवार दुःखी भएको बताउनु भयो । आगामि दिनमा यस्ता दुःखद घट्ना नहोस भनेर सचेत रहेको  राईले  बताउनु भयो ।

अन्य

भिडियो