INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० साउन १८ गते हरिपुर्वा नगरपालिका–४ धनकौल पूर्वका ४२ वर्षीय सोफिया भन्ने सुरेन्द्र कुमार यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिनु भयो ।

पीडितका अनुसार आरोपितले ०८० साउन ११ गते बलात्कार प्रयास गरेका हुन् । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १८ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भयो । उजुरी पश्चात आरोपित यादव फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

अन्य

भिडियो