INSEC Online

📅 २०८३ जेष्ठ २१

भोजपुरमा उम्मेदवारको घरमा बम विष्फोट

भोजपुर नगरपालिका-४ सिद्धेश्वरमा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेम भण्डारीको घरमा बिहान ७ बजे सुतली बम विष्फोट भएको छ ।

त्यस्तै भोजपुरकै उत्तरी षडानन्द नगरपालिका-१३ बोयामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार ईन्द्रकुमार श्रेष्ठको घरमा पनि बिहान ४ बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विष्फोटबाट मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यका अनुसार भण्डारीको घरमा राखिएको अर्को बमलाई भने प्रहरीले निष्क्रिय पारेको थियो ।

बम कसले राख्यो भन्ने अहिलेसम्म थाहा भएको छैन । बम राखेर आतङ्कित पार्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो