२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–८ मुलावारीका ४८ वर्षीय राम वहादुर नेपालीलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले २०८० साउन १३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन १४ गते जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएका थिए ।
आरोपित विरूद्ध १५ गते नै बलात्कार कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १४ गते गोरखा अस्पतालमा गरिएको थियो ।