३५ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा गोदावरी नगरपालिका-१२, ठेचोका ३४ वर्षीय सुर्जमान मालीलाई प्रहरीले ०८० साउन १३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ललाइ फकाइ प्रलोभनमा पारी पाँच लाख रुपियाँ सहयोग गर्ने बहाना गरी ०७५ सालदेखि पटक पटक बलात्कार गर्नुका साथै अरुलाई समेत ल्याएर मानव बेचबिखन कार्यमा संलग्न गराएको भन्दै पीडितले साउन १३ गते जिल्ला प्रहरी परिसर, जावलाखेलमा उजुरी दिएको जिल्ला प्रहरी परिसरका एसपी एवम् सूचना अधिकारी नवराज कार्कीले जानकारी दिनुभयो ।
पीडित महिलाको उजुरीपछि खोजी गरी आरोपित मालीलाई गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट साउन १४ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।