INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-१ का २८ वर्षीय दिनेश आले मगरलाई साउन १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई महिलालाई आरोपितले ०८० असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २८ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि सभापोखरी गाउँपालिका-१ धुपुबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवनबाबु खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १४ गते गरिएको छ ।

अन्य

भिडियो