इलाम नपा-६ की ३० वर्षीया निरू दर्जीलाई असार ११ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति नरबहादुर गुरूङलाई गिरफ्तार गरेको छ ।
दिउँसैदेखि पति-पत्नीबिच झगडा भएको रिसमा राति नरबहादुरले खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरेको पीडितले जनाएकी छन् ।
पत्नीलाई घाइते बनाएपछि नरबहादुर आफैँले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पीडित महिलाको उपचार विएण्डसी अस्पताल बिर्तामोडमा भइरहेको डिएसपी श्रेष्ठले बताए । पाँचथरको रानीटार गाउँपालिका-६ स्थायी घर भई हाल इलाम नपामा डेरामा बस्दै आएको उक्त परिवार इलाममा ज्याला मजदुरीको पेशा गर्दै आएको थियो ।