INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–४ की २४ वर्षीया रितादेवी यादवलाई असार १८ गते २७ पति वर्षीय मनोज कुमार यादव र ५१ वर्षीय सासू मरछियादेवी यादवले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा साउन १ गते उजुरी दिइन् ।

पीडित महिलालाई दाइजो बापत एउटा भारतीय नम्बरको मोटरसाइकल तथा सिलाई मेशिन नल्याएको भन्दै आरोपितहरूले कुटपिट तथा घरेलु हिंसा गरेको पीडित महिलाका ५४ वर्षीय बुबा समलदेव यादवले बताउनु भयो ।

पीडित महिलाको सामान्य उपचार असार १९ गतेदेखी २३ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो र थप उपचारका लागि वीरगंज लगिएको बुबाले बताउनु भयो ।

पीडित र आरोपित बिच ०७४ वैशाख १९ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विवाहमा नगद २ लाख रुपियाँ, फर्निचर तथा अन्य समान दिए तापनि थप दाइजो नल्याएको भन्दै आरोपितले कुटपिट गर्ने गरेको पीडित महिलाका बुबाको आरोप रहेको छ । घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।

अन्य

भिडियो