INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीपहिरोमा बेपत्ता भएका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउन गृहमा सिफारिस

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोमा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

Photo 20230718 Morang (3)Photo 20230718 Morang (2)

जिल्ला व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा परी जिल्लामा बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको जिल्ला विपद् व्यवस्थापन अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनु भयो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लामा ०८० असार २ गतेको भारी वर्षापछि आएको बाढीपहिरोमा परी २० जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये एक जनाको शव एक महिनापछि शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढीमा परी जिल्लाका विभिन्न स्थानका २० जना बेपत्ता भएका छन् । बेपत्ताहरू खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको छ । बाढीमा पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारहरूको सहयोगमा खन्ने, खोज्ने र प्रहरीको तालिम प्राप्त कुकुर लगाएर खोजी गर्दा समेत फेला पार्न नसकेपछि मृतकका परिवारलाई राहत उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनु भयो ।

हालसम्म निरन्तर रूपमा खोजतलास गर्दासमेत केही चिनोसमेत नभेटिएपछि अब मृतकसरह नै सरकारबाट राहत सुविधाका लागि अन्तिम नामावली गृह मन्त्रालय पठाउने निर्णय गरिएको विपद् व्यवस्थापन समिति अध्यक्ष शिवकुमार कार्कीले बताउनु भयो ।

लामो समय खोज तथा उद्दारको कार्यमा लागे पनि साउन २ गतेसम्म उनीहरूको अवस्था अज्ञात रहेकाले उनीहरूलाई मृतकसरह राहत उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ ।

भारी वर्षापछि आएको बाढी र पहिरोमा परी जिल्लामा सुपर हेवाखोला हाइड्रोपावरका १६ जना, अपरहेवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सन (सडक निर्माण कम्पनी)का एकजना र सभापोखरी गाउँपालिका–३ सुनाम्लामा दुई जना गरी २० जना बेपत्ता छन् । उनीहरू सबैका परिवारले पाउने गरी मृतकसरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिएको छ ।

बाढी र पहिरोका कारण जिल्लामा २९ घर परिवार विस्थापित भएका छन् । तीमध्ये १४ ओटा घर पूर्ण क्षति र १५ ओटा घरमा आंशिक क्षति भएको विपद् व्यवस्थापन समितिको अभिलेखमा उल्लेख छ ।

बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ । बाढीपहिरोका कारण जिल्लाभर पुल, नहर गरी २८ ओटा भौतिक संचरनामा क्षति पुगेको छ । ठूला आयोजनाअन्तर्गतका सडक, पक्की पुल र झोलुङ्गे पुल गरी १३ ओटामा क्षति पुगेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

हेवाखोलाको पक्की पुल बगाउँदा पाँचखपन र चैनपुरको आवतजावत नै बन्द भएको छ  । जसका बिरामी बोक्न एम्बुलेन्सलाई समस्या भएको छ ।

अन्य

भिडियो