नगराइन नपा-३ फुलगामाका १८ वर्षीय रञ्जित मुखिया वीनलाई इलाका प्रहरी कार्यालय फुलगामाका सई धर्मेन्द्र सिंहले यातना दिँदा बेहोस भएका छन् ।
मुखियाका दाजु भाइबिच ५ सय रुपियाँका लागि विवाद भएपछि रञ्जित निवेदन दिन इलाका प्रहरी कार्यालय पुगेका थिए ।
निवेदन लेखिदिन र्सइ सिंहलाई आग्रह गरेपछि ‘हुँदैन’ भन्दै कञ्चटमा झापड प्रहार गरेको पीडित पक्षको आरोप छ । इलाका प्रहरी कार्यालयमै बेहोस भएका मुखियालाई प्रहरीले उठाएर उनको घर पुर्याएको थियो । घाइते भइ बेहोस भएको अवस्थामा घर पुर्याइएका मुखियालाई समाजका व्यक्तिहरूले पुनः इलाका प्रहरी कार्यालय फुलगामा लगेका थिए । पछि प्रहरीले नै एम्वुलेन्स बोलाइ उनको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगेको पीडित पक्षले जनायो ।
घाइतेको मुखियाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । सई धर्मेन्द्र एक पक्षीय भएको आरोप लगाउँदै स्थानीयले केही दिनदेखि सिंहलाई सरुवा गरिदिनु पर्यो भन्दै आएकोमा त्यसो हुन नसकेपछि हुँदै नभएको आरोप र्सइ सिंहमाथि लगाएको एसपी लालमणि आचार्यले बताए । दाजु भाइबिच झैझगडा गरी प्रहरीलाई फसाउन खोजेको एसपी आचार्यले बताए ।