INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार ३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले झिमरुक गाउँपालिका — ६ का २८ वर्षीय गोपाल कुमाललाई  असार ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालय, प्यूठानमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर विकले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३० गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।

यसैगरी, नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३१ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ

अन्य

भिडियो