INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नगरपालिका–१ का ३८ वर्षीय राम किशोर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २८ गते उजुरी दिनु भयो ।

आरोपितले असार २२ गते पिडितलाई उनकौ घरमा बलात्कार प्रयास गरेको पीडित महिलाले बताइन् । पीडित पक्षले लिखित उजुरी दिएको थाहा पाएपछि आरोपित महतो फरार रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो । फरार आरोपितको खोजी कार्य भइ रहेको उहाँले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।

अन्य

भिडियो