६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–५ गोगनपानीका २५ वर्षीय तेजबहादुर नेपालीलाई प्रहरीले असार २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असार २१ गते जंगलमा बलात्कार गरेको र सोही दिन पीडित पक्षले उजुरी दिएका थिए । आरोपितलाई थुनामा राखी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार २७ गते दैलेख जिल्ला अस्पतालमा भयो ।