INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजाय फैसला

अपाङ्गता भएकी ५४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीको इजलासले ०८० असार २४ गते विदुर नगरपालिका-८ का ४८ वर्षीय शेरबहादुर खड्कालाई  चार वर्ष कैद सजाय फैसला सुनाएको छ ।

पीडितलाई  १ लाख ५० हजार रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपुर्ति र ६ हजार रुपियाँ पीडित राहत कोषमा भराउन फैसला समेत भएको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

कसुरदार खड्काले ०७९ मङ्सिर २४ गते पीडित महिलालाई बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २८ गते उजुरी दर्ता भएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते त्रिशूली अस्पतालमा भएको थियो ।

घटनामा संलग्न खड्कालाई जिल्ला अदालतले ०७९ पुस २१ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

अन्य

भिडियो