अपाङ्गता भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–२ का २२ वर्षीय जीवन कार्कीलाई असार २३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई महिलालाई आरोपितले ०८० असार २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २१ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सभापोखरी गाउँपालिका–२ धुपुबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २४ गते गरिएको छ ।