INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले देवानगञ्ज गाउँपालिका–७ राजगञ्ज सिनुवारीका ४० वर्षीय शङ्कर यादवविरूद्ध असार २१ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडितलाई आरोपितले ०८० असार १५ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी राजकुमार राईले बताउनु भयो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २१ गते गरिएको छ ।

अन्य

भिडियो