INSEC Online

📅 २०८३ जेष्ठ २१

सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षमाथि शिक्षकद्वारा आक्रमण

सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ध्रुव चौलागाईँमाथि बाटोमा बजेट नहालेको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका-६, बुद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक ३३ वर्षीय नीराजन घिसिङले ०८० असार २० गते भौतिक आक्रमण गरेका छन् ।

वडा अध्यक्ष चौलागाईँमाथि घिसिङले टेवलमा भएको बुद्धको मुर्तीले हान्ने क्रममा जोगाउन जानु भएका सुनापति गाउँपालिका-१, गुन्सीका ५७ वर्षीय देवीप्रसाद गौतम घाइते हुनुभएको छ ।

Photo_080-3-21_Ramechhap

खानेपानी योजना सम्पन्न भएको सिफारिस लिन मादक पदार्थ सेवन गरी वडा कार्यालयमा पुगेका शिक्षक घिसिङले बाटोमा बजेट नहालेको भन्दै वडाध्यक्ष चौलागाईँमाथि आक्रमण गरेपछि रोक्न खोज्दा आफू घाइते भएको गौतमले बताउनु भयो ।

वडाध्यक्षको टेबुलमा राखिएको बुद्धको मूर्तिले आक्रमण गरेका र आँखा माथि तथा नाकमा चोट लागेको गौतमले बताउनु भयो ।

घाइते गौतमको गाउँपालिकाको स्वास्थ्य शाखामा सोही दिन उपचार भयो ।

घटनापछि दुवै पीडितले आरोपित शिक्षकविरुद्ध असार २० गते नै प्रहरी चौकी, गुन्सीमा उजुरी दिनुभएको छ ।

प्रहरीले शिक्षक घिसिङलाई सोही दिन गिरफ्तार गरी थप अनुसन्धान थालेको प्रहरी चौकी, गुन्सीका हवल्दार सुमन कुर्मीले जानकारी दिनुभयो ।

अन्य

भिडियो