माइ नगरपालिका–३ की २३ वर्षीया अमृता खातीलाई घरायसी विवादका क्रममा ३९ वर्षीय जेठाजु सन्तोष खातीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा ०८० असार १८ गते जेठाजुको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी अमृताको झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचारका क्रममा असार १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम असार १९ गते मेची अस्पतालमा गरिएको छ ।
पीडित पक्षले असार १९ गते शव बुझी माइ नगरपालिका–३ मा सद्गत गरेको छ ।