२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–२ शंकरनगरका ४४ वर्षीय विष्णुप्रसाद अर्याललाई असार १७ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १३ गते बलात्कार गरेको भन्दै पीडितले असार १६ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।