INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २५ वर्षीय जनक बुढालाई  असार १८ गते गाउँबाटै गिरफ्तार गरेको छ ।

अदानचुली गाउँपालिका -३ स्थित मकै गाउँमा असार १६ गते बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले जानकारी दिनु भयो ।

बलात्कार भए लगतै बालिकाका बुवा दिपक फडेराले असार १६ गते  गल्फागड प्रहरी चौकी श्रीनगरमा उजुरी दिनु भएको असई कुमारी गिरीले जानकरारी दिनु भएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनु भयो । घटनास्थलबाट सदरमुकाम पुग्न तीन दिन लाग्छ । पीडित बालिकाको स्वास्थ्य परिक्षणका लागि जिल्ला सदरमुकाम सिमकोट ल्याउँदै गरेको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनम सरिता बोहराले बताउनु भयो ।

अन्य

भिडियो