INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असार १७ गते भारतको बिहार घर भइ हाल भरतपुर महानगरपालिका-१० मा बस्ने ४४ वर्षीय सिहासन ठाकुरलाई ६ महिना कैद सजाय फैसला सुनाएको छ ।

पीडितलाई २५ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला समेत भएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले जानकारी दिनुभयो ।

पीडित बालिकालाई तामाङले ०७९ चैत २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २५ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण चैत २५ गते भरतपुर अस्पतालमा भयो । ठाकुर सोही दिन गिरफ्तार भएका थिए ।

न्यायाधीश रितेन्द्र थापाको इजलासले ठाकुर ०८० वैशाख १९ गते पुर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो