INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई कल्याणपुर नगरपालिका–४ का २० वर्षीय विश्वबन्धु यादवले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा दिएको उजुरी असार १५ गते दर्ता भएको छ ।

आरोपितले बालिकालाई असार ६ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ८ गते उजुरी दिएको पीडित बालिकाको बुबाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असार ८ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले घटना बारे अनुसन्धान गरी दर्ता गरेको बताउनु भयो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको डिएसपी बस्नेतले बताउनु भयो ।

अन्य

भिडियो