INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असार १३ गते हरिपुर नगरपालिका–३ का ४१ वर्षीय बौका भन्ने भगिन्द्र कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।

आरोपितले पिडित महिलालाई जेठ २४ गते बलात्कार प्रयास गरेको पीडित महिलाले बताउनु भयो । घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर विजय कुवरले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १३ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।

अन्य

भिडियो