१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० असार १३ गते भरतपुर महानगरपालिका-१६ का ३७ वर्षीय ओम तामाङलाई १० महिना कैद सजाय र २५ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।
पीडितलाई १० हजार रुपियाँ जरिबाना भराउने फैसला समेत भएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले जानकारी दिनुभयो ।
पीडित बालिकालाई तामाङले ०७९ चैत १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०८० वैशाख १६ गते उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते भरतपुर अस्पतालमा भयो । तामाङ सोही दिन गिरफ्तार भएका थिए ।
न्यायाधीश रितेन्द्र थापाको इजलासले तामाङ वैशाख १७ गते ५० हजार रुपियाँ धरौटीमा छुटेका थिए ।