INSEC Online

📅 २०८३ जेष्ठ २२

धारिलो हतियार प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

सुनवल नगरपालिका–१३ बिचैयापुरकी ५७ वर्षीया बुधरानी मुसहरलाई छोरा २६ वर्षीय शिव कुमार मुसहरले असार १२ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।

घरयासी विवादमा आरोपितले असार १२ गते राती हसिँयाले घाँटीमा प्रहार गरी हत्या गरेको भन्दै सोही मृतकका पति हरी मुसहरले असार १२ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिनु भयो ।

उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले बताउनु भयो ।

शवको पोष्टमार्टम असार १२ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

अन्य

भिडियो