१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मुस्ताङका बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका चैलेका ३० वर्षीय राजन बिकलाई १२ वर्ष कैद सजायको फैसला भएको छ ।
न्यायधिश इश्वर पराजुलीको २०८०असार १२ गतेको इजालसले आरोपितको कसुर ठहर गर्दै कैद संगै चार लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ क्षतिपुर्ति तिराउने फैसला गरेको हो ।
पीडित बालिकालाई आरोपित बिकले २०७९ जेठ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ जेठ ३० गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन जेठ ३० गते गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण २०७९ जेठ ३० गते जिल्ला अस्पतालमा गरिएको थियो ।