INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा ३२ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मुस्ताङका ६४ वर्षीय पुरुषलाई ३२ वर्ष कैद सजायको फैसला भएको छ ।

न्यायधिश इश्वर पराजुलीको २०८० असार ११ गतेको इजलासले कसुर ठहर गर्दै आरोपित पुरुषलाई कैद संगै सात लाख रुपियाँ जरीबानाकोे फैसला गरेको हो ।

पीडित बालिकालाई आरोपितले २०७९ कात्तिक २ देखि ५ गते सम्म पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले सोही दिन कात्तिक १२ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते जिल्ला अस्पताल मुस्ताङमा गरिएको थियो ।

अन्य

भिडियो