INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० असार ११ गते भरतपुर महानगरपालिका-१९ का ५० वर्षीय निराजन थापालाई एक वर्ष कैद सजाय र १ लाख रुपियाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।

पीडितलाई १० हजार रुपियाँ जरिबाना भराउने फैसला समेत भएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले जानकारी दिनुभयो ।

पीडित महिलालाई थापाले ०७९ जेठ २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ ३१ गते उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ३१ गते भरतपुर अस्पतालमा भयो । थापा सोही दिन गिरफ्तार भएका थिए ।

न्यायाधीश अवनी मैनालीको इजलासले थापा असार ३१ गते पुर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो