INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँसभामा झडप हुँदा तीन जना घाइते

रुबीभ्याली गाउँपालिको गाउँसभामा राप्रपा कार्यकर्ता र गाउँसभा सदस्यहरूबीच ०८० असार १० गते रुबीभ्याली गाउँपालिका-३, सेर्तुङमा झडप हुँदा तीन जना सर्वसाधारण घाइते भएका छन् ।

Photo_080-3-11_Dhading

झडपमा रुबीभ्याली गाउँपालिका-३ का ३८ वर्षीय मिलामा तामाङ, ३० वर्षीय अमुक तामाङ र मुक्रावदेबी माविका शिक्षक ३५ वर्षीय ऋषिराम खनाल घाइते हुनुभएको हो ।

सबै घाइतेको स्थानीय स्वास्थ्य केन्द्र, सेर्तुङमा उपचार भइरहेको छ ।

गाउँसभा सुरु हुनै लाग्दा राप्रपाबाट निर्वाचित वडा अध्यक्ष प्रसान्त तामाङको नेतृत्वमा आएको जुलुसले गाउँसभा स्थल तोडफोड गरेको थियो ।

राप्रपताले मुक्रावदेबी माविमा अध्यापनरत उत्तमलाल तामाङलाई पालिकाले श्रोतव्यक्ति बनाएर पालिकामा राखेपछि विद्यालय पढाइ प्रभावित भएको भन्दै गाउँसभामा जुलुस गरेको थियो ।

गाउँसभामा मुक्रावदेबीका शिक्षक समेत जुलुस गर्दै आएको र झडप भएको भन्दै मुक्रावदेबी माविका शिक्षक ऋषिराम खनाललाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

Photo_080-3-11_Dhading..

अन्य

भिडियो