INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा २३ दिन कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै पीडितका ठुलो बुवा नाता पर्ने ३७ वर्षीय पुरुषलाई २३ दिन कैद सजायको फैसला भएकाे छ ।

न्यायधीश हरिश्चन्द्र ढुङ्गानाको ०८० असार ६ गतेको इजलासले कसुर ठहर गर्दै कैदसंगै ३० हजार रुपियाँ क्षतीपुर्ती तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले २०७९ पुस ११ गते आफ्नै घरमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले २०७९ पुस १३ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिनु भएको थियो ।

प्रहरीले आरोपितलाई पुस १३ गते गिरफ्तार गरेको थियो । आरोपितलाई कारबाहीको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले २०७९ माघ ५ गते जिल्ला अदालतमा बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेकोमा अदालतले माघ ७ गते आरोपितलाई ६० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण २०७९ पुस १३ गते जिपि कोइराला अस्पतालमा भयो ।

 

अन्य

भिडियो