३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बसबरीया गाउँपालिका–३ का ३८ वर्षीय राम विश्वास झाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार ५ गते उजुरी दिनु भयो ।
आरोपितले जेठ २४ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । उजुरी पश्चात आरोपित झा फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार ६ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।