INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीय महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-६ मानमटेरियाका २७ वर्षीय प्रदिप लोधलाई असार ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा असार ५ गते उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ५ गते नै भिम अस्पताल भैरहवामा गरिएको जिल्ला प्रहरी कार्यलय रूपन्देहीले जानकारी दिएको छ ।

अन्य

भिडियो