१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हरिपुर्वा नगरपालिका–८ का २९ वर्षीय दिलिप कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार ३ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।
पीडित युवतीलाई आरोपितले जेठ २८ गते हरिपुर्वा गाउँको पश्चिममा रहेको फुलबारीमा बलात्कार गरेको भन्दै पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिनुभएको उहाँले बताउनु भयो ।
घटनापछि आरोपित महतो फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको छ ।