बासँगढी नगरपालिका –८ ककौराकी ३८ वर्षीया राधिका थारूको हत्या प्रयास गरेको आरोपमा पीडित पक्षले देवर ३३ वर्षीय मिलन थारूविरूद्ध इलाका प्रहरी कार्यालय, मोतीपुरमा असार २ गते उजुरी दिएका छन् ।
घरायासी विवादमा पीडितलाई आरोपित असार २ गते कुटपिट गर्नुको साथै धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको पीडितका आफन्त दिपेन्द्र थारूले बताउनु भयो ।
प्रहारबाट पीडितको टाउको , हात र ढाडमा गम्भीर चोट लागेको छ । घाइतेको असार २ गते कौशिल्या अस्पतालमा प्राथमिक उपचार पछि नेपालगञ्ज वेष्टर्न अस्पतालमा उपचार भइरहेको छ ।
आरोपित फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मोतीपुरका सई गगन गिरीले बताउनु भयो ।