INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३० वर्षीय बाबुलाई जन्म कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश दीलिपकुमार दाहालको जेठ ३१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी १ लाख रुपियाँ क्षतिपूर्ति र ७ लाख रुपियाँ जरिबानाको आदेश भएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई २ हजार रुपियाँ पीडित राहत कोषमा भराउन आदेश दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ चैत ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले चैत ६ गते गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा चैत ११ गते हाड नाताकरणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत ५ गते गरिएको थियो ।

अन्य

भिडियो