१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बरेङ गाउँपालिका–५ का २१ वर्षीय निर्मल खत्रीलाई १० वर्ष कैद सजायको फैसला भएको छ ।
न्यायाधीश दिवाकर भट्टको जेठ ३० गतेको इजलासले खत्रीलाई कैदसँगै ४ लाख रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतीपुर्ती सजाय सुनाएको अदालतका श्रेष्तेदार सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पीडित बालिकालाई आरोपितले ०७९ वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले खत्रीलाई वैशाख ९ गते गिरफ्तार गरि जेठ ३ गते जिल्ला अदालत बागलुङमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।
खत्रीलाई जिल्ला अदालत बागलुङको जेठ ४ गतेको आदेशले पुर्पक्षको लागि थुनामा राखिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ९ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।