INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाको कसुरमा तीन वर्ष कैद

१५ वर्षीया २ बालिकालाई अपहरण गरी शरिर बन्धक बनाएको कसुरमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरी कोशी गाउँपालिका–२ का ३६ वर्षीय नविनप्रसाद देवलाई जेठ ३० गते ३ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना गर्नुका साथै ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र १ हजार २ सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको अदालतले जनाएको छ ।

आरोपितले २०७९ असार ११ गते अपहरण गरी शरिर बन्धक बनाएको भन्दै पीडितहरूकी आमाहरूले जिल्ला प्रहरी कार्यालयमा ०७९ साउन ४ गते उजुरी दिनुभएको थियो । राजविराज नगरपालिका–८ बाट ललाइफकाई प्रलोभन देखाई अपहरण गरी बन्धक बनाई राखेको अवस्थामा पीडितहरू सोही दिन भागी अपहरण मुक्त भएको पीडितहरूले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले ०७९ साउन ४ गते अपहरण तथा शरिर बन्धकको उजुरी दर्ता गर्‍यो । अभद्र व्यवहार मुद्दाको कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा गिरफ्तारी परेका आरोपितलाई साउन १३ गते सप्तरी ल्याएर अनुसन्धान थालिएको थियो । जिल्ला अदालतमा भदौ ७ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले आरोपित भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो