INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा बर्दिवास नगरपालिका–१० का ४५ वर्षीय सोम बहादुर  थिङलाई इलाका प्रहरी कार्यालय बर्दिवासले गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवास अनुसार पीडितले जेष्ठ २९ गते दिएको उजुरीको आधारमा आरोपीतलाई सोहि दिन गिरफ्तार गरिएको हो ।

पीडित महिलाको स्वास्थ्य परिक्षण जेष्ठ २९ गते बर्दिवास अस्पतालमा भएको थियो र आरोपितलाई बजारमा घुम्दै गरेको अवस्थामा गिरफ्तार गरेको थियो ।

आरोपित थिङले पीडित महिलालाई ०७९ मङ्सिर १२ गते बर्दिबास नगरपालिका–१० खैरमारास्थित झोरा खोला छेउको जङ्गलमा बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासले उनलाई गिरफ्तार गरेको हो ।

डीएसपी यादवले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

अन्य

भिडियो